बिहान ९ बजे ८ लाख भन्दा धेरै लगानीकर्ताले १० कित्ता शेयर पाउँदै,सबभन्दा पहिला नतिजा कसरी हेर्ने ?

काठमाडौं - सबैको चासोको विषय बनेको  मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आज शुक्रबार (कात्तिक १२ गते) बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ । बाँडफाँडको लागि सम्पूर्ण तयारी पूरा भएको कम्पनीले जनाएको छ । 

कम्पनीको शेयरमा अन्तिम सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४.१९ गुणा बढी हो । 

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो । यो कम्पनीको शेयर ८ लाख १९ हजार भन्दा धेरैले १० कित्ता शेयर पाउने छन् । 

शेयरको नतिजा सबैभन्दा पहिले हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया