काठमाण्डौ । साताको दोस्रो दिन नेप्से ८० अंक हाराहारीमा घटेर समग्र बजार एक बर्षकै न्युन विन्दु २२८२ विन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने केहि बढेर करिव ४ अर्व हाराहारीमा आएको छ ।
आज कारोबार भएका २२३ कम्पनीहरुमा ५ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । नविक बैंकको सबै भन्दा धेरै कारोबार हुँदा गोर्खाज फाइनान्सको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ ।
विनाकारण शेयर बजार निरन्तर घटिरहेको प्रति लगानीकर्ताहरु भने निरन्तर घटिरहेको छ । वीमा समूहको उपसूचक सबै भन्दा धेरै घट््दा नयाँ केहि राजनितिक कारणले पनि शेयर बजार घटेको धेरैको भनाई छ ।