बक्यौता तिर्न अघि बढ्यो लक्ष्मी स्टिल, सर्वोत्तम सिमेन्टले पनि दोस्रो किस्ता बुझायो

नवलपरासी पश्चिमको सुनवलस्थित लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेबापतको बक्यौता तिर्न सुरु गरेको छ।

नेपाल विद्युत् प्राधिकरण, परासी वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार, २३ करोड ७९ लाख रुपैयाँ बक्यौता रहेको उद्योगले पहिलो किस्ताबापत शुक्रबार ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको छ। उद्योगले कुल बक्यौता २८ किस्तामा भुक्तान गर्ने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, सुनवलमै सञ्चालित सर्वोत्तम सिमेन्टले पनि बक्यौता तिर्ने प्रक्रियालाई निरन्तरता दिएको छ। उद्योगले दोस्रो किस्ताबापत शुक्रबार ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो। ११ करोड ९६ लाख रुपैयाँ बक्यौता रहेको यस उद्योगले २८ किस्तामै भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया