प्रतिक्षालयमाथि रुख ढल्दा सुनवलमा दुईको ज्यान गयो

पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीका कारण रुख ढल्दा च्यापिएर दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार सुनवल–७ निवासी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको हो।

शुक्रबार आएको हावाहुरी र वर्षाबाट जोगिन दुबै जना एक प्रतिक्षालयमा बसेका थिए। प्रतिक्षालयमाथि नै रुख ढलेपछि उनीहरू च्यापिएका थिए। प्रत्यक्षदर्शीका अनुसार उक्त दुर्घटनाले ठूलो क्षति पुर्‍याएको छ।

घाइते हुनेमा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एक जना नाम नखुलेका व्यक्ति छन्। उनीहरूलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ।

यसै दिन बिहान कैलालीमा पनि हावाहुरीले ढलेको रुखले लागेर राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको मृत्यु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय