आफू विरुद्ध परेको उजुरी बारे रवि लामिछानेको भनाइ यस्तो छ 

काठमाण्डौ । नागरिकताको विषयलाई लिएर निर्वाचन कार्यालयमा उजुरी परेपछि स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेले यस विषयमा आफ्नो धारणा व्यक्त गरेका छन । 

उनले यस विषयमा यो समयमा उजुरी पर्नुको पछाडि कुनै तुक नरहेको समेत बताएका छन । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन,एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौँडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालय देखि महान्यायाधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भई सेटल भइसके पछि फेरी कति पटक स्पष्टीकरण दिनु पर्ने हो ?

 

प्रतिक्रिया