काठमाण्डौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार विश्वासको मत पाउन सफल भएको छ ।
एमालेका ४ सांसदले पार्टी ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।
मन्त्री सहिले आज प्रदेश सभामा विश्वासको मत मागेका थिए । उनलाई नेपाली कांग्रेसले समेत साथ दिएको थियो । उनका पक्षमा २२ मत परेको थियो भए विपक्षमा १५ मत परेको थियो ।
माधब नेपाल पक्षमा रहेका ४ सांसदले शाहीको पक्षमा मतदान गरेका थिए ।