काठमाण्डौ – दोस्रो चरणको कोरोना संक्रमण भुसको आगोसरी फैलिन थालेपछि सरकारले बिद्यालय बन्द गर्ने तयारीमा रहेको छ ।
धेरै जोखिम हुने ठाउँहरू उपत्यका लगाएतका सहरी क्षेत्रका सर विद्यालय बन्द गर्ने तयारीमा सरकार रहेको छ ।
आज स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको बताए ।
जोखिम कम गर्नको लागि अनलाइन माध्यमवाट पठनपाठन गराउन पनि सरकारले अनुरोध गरेको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमित निकै बढ्दै गइरहेका छन् । कुल संक्रमित मध्य १५ प्रतिशत भन्दा धेरै बालबालिका संक्रमित भएको तथ्याङ्क छ ।