२५० करोड हिनामिना आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक राजेन्द्र वीर राय पक्राउ

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका राजेन्द्र वीर राय पक्राउ परेका छन्। पटकपटक सञ्चालक समिति अध्यक्षको जिम्मेवारी समेत सम्हाल्दै आएका रायमाथि २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार राय लामो समयदेखि फरार रहेका थिए। नेपाल राष्ट्र बैंकको समन्वयमा खटिएको अनुसन्धान टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियाबाट पक्राउ गरेको हो। उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार थप अनुसन्धान अघि बढाइएको छ।

सल्यान स्थायी घर भएका राय हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मा बसोबास गर्दै आएका थिए। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिई पराजित भएका थिए।

प्रतिक्रिया