एक वर्षमा बैंकहरूको इपिएस ५.१९ रुपैयाँले बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरूको नाफा वृद्धि संगै प्रतिसेयर आम्दानी (इपिएस) मा पनि सुधार भएको छ । हाल बैंकहरूको औसत इपिएस १९.४३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १४.२४ रुपैयाँ भन्दा ५.१९ रुपैयाँले बढी हो ।

एभरेष्ट बैंकले सबैभन्दा उच्च इपिएस कायम गरेको छ । यसको इपिएस ३७.९९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.५२ रुपैयाँले वृद्धि हो । त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको इपिएस ३०.१७ रुपैयाँ छ तर अघिल्लो वर्षको तुलनामा ४.५६ रुपैयाँले घटेको छ ।

त्यस्तै, कृषि विकास बैंकले २७.६३ रुपैयाँ, नबिल बैंकले २६.३४ रुपैयाँ, नेपाल बैंकले २५.६८ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २४.४१ रुपैयाँ, सिद्धार्थ बैंकले २४.१० रुपैयाँ, प्रभु बैंकले २३.१२ रुपैयाँ र प्राइम कमर्सियल बैंकले २०.७४ रुपैयाँ इपिएस आर्जन गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको इपिएस १९.८ रुपैयाँ, सानिमा बैंकको १८.९३ रुपैयाँ, एनएमबिको १७.८७ रुपैयाँ, माछापुच्छ्रे बैंकको १७.३१ रुपैयाँ, लक्ष्मी सनराइजको १६.९१ रुपैयाँ, नेपाल एसबिआईको १६.५४ रुपैयाँ र ग्लोबल आइएमईको १६.२८ रुपैयाँ रहेको छ ।

यस बाहेक सिटिजन्स बैंक (८.७६ रुपैयाँ), कुमारी बैंक (८.०७ रुपैयाँ), हिमालयन बैंक (६.९८ रुपैयाँ) र एनआइसी एशिया बैंक (१.०८ रुपैयाँ) को इपिएस १० रुपैयाँ भन्दा कम देखिएको छ ।

 

बैंकहरूको प्रति शेयर आम्दानी (इपिएस) तुलना

बैंकहरू इपिएस (रु.) अघिल्लो वर्ष (रु.) फरक (रु.)
एभरेष्ट बैंक 37.99 31.47 +6.52
स्ट्याण्डर्ड चार्टर्ड 30.17 34.73 -4.56
कृषि विकास बैंक 27.63 18.56 +9.07
नबिल बैंक 26.34 22.90 +3.44
नेपाल बैंक 25.68 0.19 +25.49
राष्ट्रिय वाणिज्य बैंक 24.41 16.32 +8.09
सिद्धार्थ बैंक 24.10 21.86 +2.24
प्रभु बैंक 23.12 2.17 +20.95
प्राइम कमर्सियल बैंक 20.74 18.08 +2.66
नेपाल इन्भेष्टमेन्ट मेगा 19.80 12.04 +7.76
सानिमा बैंक 18.93 17.65 +1.28
एनएमबी बैंक 17.87 12.22 +5.65
माछापुच्छ्रे बैंक 17.31 8.99 +8.32
लक्ष्मी सनराइज बैंक 16.91 12.59 +4.32
नेपाल एसबिआई बैंक 16.54 18.35 -1.81
ग्लोबल आइएमई बैंक 16.28 16.99 -0.71
सिटिजन्स बैंक 8.76 9.30 -0.54
कुमारी बैंक 8.07 0.02 +8.05
हिमालयन बैंक 6.98 5.72 +1.26
एनआइसी एशिया बैंक 1.08 4.70 -3.62
औसत 19.43 14.24 +5.19

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय