काठमाण्डौ – राजनीतिको सही निकास दिने जिम्मा अब फेरि नेपाली कांग्रेसको काधमा आएको छ ।
यसै बीच नेपाली कांग्रेसको हिजो सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले प्रधानमन्त्री ओलीले औपचारिक रूपमा राजीनामा मागेको छ । कांग्रेसको शुक्रबार पार्टी कार्यालयमा समितिको बैठक बसेको थियो ।
सभापति देउवाको प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको छ । र, अब आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्नेसमेत कांग्रेसले निर्णय लिएको छ ।
सानेपा बैठकको यस्तो निर्णयपछि अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिँदै आएको अलमल समाप्त भएको छ । र, अब उसले ओली सरकारको विकल्प खोज्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ ।