प्रचण्डको विपक्षमा सर्वोच्चको फैसला

काठमाण्डौ – यस अघि नेकपा फुटाउने अदालतको फैसला विरुद्ध पुनरावेदन दिएका नेकपाका तत्कालीन अध्यक्ष प्रचण्डको विरुद्ध फैसला आएको छ ।

आज भएको फैसलामा यस अघिको फैसलालाई नै अदालतले मान्यता दिएको हो ।

नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि माओवादी अध्यक्ष प्रचण्डले मंगलबार रिट दायर गरेका थिए ।

सो मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज चढेको थियो ।

नेकपा वियुतिने कानुनी बाटो अब भने बन्द भएको छ ।

प्रतिक्रिया