राष्ट्र बैंकको नयाँ नीतिले निफ्रालाइ फाइदा,ऋणपत्र जारी गर्न पाउने

काठमाडौं - नेपाल पूर्वाधार विकास बैंकका लगानीकर्ताको लागि अर्को नयाँ खुसी थपिएको छ । 

बैंकले पनि ऊर्जा ऋणपत्र जारी गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको निर्देशन, २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । 

संशोधित निर्देशिकामा भनिएको छ, ‘पूर्वाधार विकास बैंकले सम्बन्धित निकायबाट स्वीकृति लिइ उर्जा ऋणपत्र जारी गर्न सक्नेछन् । उर्जा ऋणपत्र जारी गरी संकलन गरिएको रकमबाट लगानी गरिएको उर्जा परियोजनाको विवरण अध्यावधिम गर्नु पर्नेछ ।’ 

साथै, पूर्वाधार आयोजनामा लगानी जुटाउन शतप्रतिशत ऋणपत्र जारी गर्न पाउने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा ल्याएको व्यवस्था कार्यान्वयनको लागि उक्त व्यवस्था ल्याएको हो । पूर्वाधार विकास बैंकअन्तर्गत अहिले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) नेप्सेमा सूचीकृत छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय