काठमाडौं–एशियन हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि ;सो बराबरको शेयर निष्काशन गर्नेछ ।
आईपीओ निष्काशनको लागि कम्पनीले एनएमबी क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।