माधव समूहका नेतालाई स्पष्टीकण सोधियो, झलनाथ भने जोगिए

काठमाण्डौ – नेकपा एमाले ओली समूहको बैठकले माधब समूहका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नेपाल र रावलसहित सुरेन्द्र पाण्डे घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो ।

साथै, बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको एक नेताले जानकारी दिए ।

स्पष्टीकरण सोध्ने लिष्टमा वरिष्ट नेता झलनाथ खलान भने छुटेका छन् ।

प्रतिक्रिया