काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा आज भएको मतदानमा दुईतिहाइ सांसदले ओलीको पक्षमा भोट हाले।
विश्वासको मत विभाजनका क्रममा २६३ सांसद उपस्थित थिए। प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्यो भने विपक्षमा माओवादी, रास्वपा, राप्रपा, र नेकपा एसका ७७ सांसदले मतदान गरे। एक जना सांसदले मतदान दिन्न भने।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मत आवश्यक पर्छ।
कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए। संवैधानिक व्यवस्थाअनुसार नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले ओलीले आज विश्वासको मत लिएका हुन्।