झलनाथ-माधव समूहले ओलीलाई बुझाए ५ बुँदे असहमतिपत्र

काठमाडौं । नेकपा एमालेका झलनाथ खनाल र माधवन नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाएको छ ।

संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई झलनाथ खनाल–माधव नेपाल नेतृत्वको असन्तुष्ट समूहका ३८ सांसदको हस्ताक्षरसहित ५ बुँदे असहमतिपत्र बुझाइएको हो । बालुवाटारमा नेपाल पक्षका सांसदहरु सोम पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवारलगायत पुगेर उक्त पत्र बुझाएका थिए ।

सञ्चारकर्मींहरुसँग बालुवाटार परिसरमा कुराकानी गर्दै सांसद श्रेष्ठले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ३८ सांसदको बैठकले निर्णय गरेअनुसार ५ बुँदे असहमतिपत्र ओलीसमक्ष पेश गरेको बताए ।

असमति पत्रमा प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना भएको बैठकप्रति असहमति जनाइएको छ ।

असहमति पत्रमा बैठक विधि र विधानसम्मत नभएको, एमालेको नवौं महाधिवेशनबाट पारित भ्एको विधानअनुसार कामकाराहीअनुसार नभएको बताएको छ । त्यस्तै संसदीय दलको बोर्ड गठन गर्ने कुरा विधानले व्यवस्था गरेअनुसार केन्द्रीय कमिटीले अनुमोदन गरेपछि हुनुपर्ने, दलको बैठक संसदीय दलको कार्यालय र संसद भवनमा मात्रै राख्नुपर्ने लगायतका विषय असहमतिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया