काठमाडौं - साताको द्रोसो दिन बजार मापक सूचक नेप्से करिब ७० अंकले घटेर समग्र बजार २५२१ बिन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेर ५ अर्ब ६० करोड माथि पुगेको छ ।
साताको दोस्रोे दिन आज सोमबार भारी अंकले घटेको बजारमा २७ कम्पनिका लगानिकर्ताले कमाएका छन् ।
यस दिन २ कम्पनिका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज गुरास फाइनान्स र मध्य भोटेकोशीका लगानिकर्ताले १० प्रतिशतले कमाएका हुन ।
त्यसैगरी सानीमा पावर कम्पनि, सानीमा लार्ज क्याप फन्ड,मेगा बैंक, माहुलि सामुदायीक लघुवित्त लगायत २७ कम्पनिका लगानिकर्ताले कमाएका हुन ।यस दिन सबैभन्दा बढि जोशि र घलेमदी हाईड्रोपावरका लगानिकर्ताले गुमाएका छन् ।
कम्पनिका लगानिकर्ताले क्रमश ८.५४, ८.२१ प्रतिशका दरले गुमाएका हुन ।