हेलिकप्टर भाडामा लिएर ससुराली गएपछि मुख्यमन्त्री राईको सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं – सर्बहारा बन्नु पर्ने कम्युनिष्ट नेताहरुले भड्किलो पारा देखाएपछि सामाजिक संजालमा चर्को आलोचना भएको छ ।

प्रसङ्ग हो प्रदेश १ का मुख्यमन्त्री शेरधन राराको । हेलिकप्टर चढेर पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेपछि तस्बिरहरू सहित सामाजिक संजालमा सबैले आलोचना गरेका छन् ।

सो अवसरमा त्यहाँ मुख्यमन्त्री राईले त्यहाँ आयोजित आमसभालाई सम्वोधन गरेको र स्थानीय समस्या बुझ्ने प्रयास पनि गरेका थिए ।

उनीहरुले तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा राईको आलोचना गरेका छन् । पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा हालेको तस्बिर सयौं जनाले शेयर गरेका छन् भने हजार भन्दा धेरैले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया