देउवाले केन्दीय सदस्यमा १० जनालाई मनोनित गरे, रामचन्द्रदेखि कोको परे ?

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । 

उनले रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, सुजाता कोइरालासम्मलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएका हुन् । देउवाले पौडेल, निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । 

 

प्रतिक्रिया