• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार

ओली सरकारको अर्को राम्रो काम – वृद्ध भत्ता ४ हजार पुराउँदै

काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीले वृद्धभत्ता बढाए चाँडै ४ हजार पुु-याइने घोषणा गरेका छन् ।

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले यस्तो घोषणा गरेका हुन् ।‘यस देशमा जनतालाई हेर्ने हामीबाहेक को छ ? गफ गरेर हुन्छ ? ०५१ सालमा १ सय रुपैयाँबाट हामीले सुरु गरेको सामाजिक सुरक्षा भत्ता, जसलाई त्यसबेला वृद्धभत्ता भनियो अहिले त्यसलाई ३ हजार पुु-याएका छौं ।

५ हजार पुु-याउने हाम्रो उद्देश्य छ,’ ओलीले भने,‘४ हजार त छिट्टै पुु-याइहाल्छौं । छिट्टै पुु-याउँछौं हामी । तर, जनतालाई हेर्ने अरु कोही छ ?’

वृद्धवृद्धा र शारिरिक अपांगता भएका व्यक्तिहरुलाई आफ्नो सरकारबाहेक अरुले नसम्झिएको दाबी पनि उनले गरे ।

प्रतिक्रिया