छ्याङ्दी हाइड्रोपावरले माघ १९ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । लामो समयदेखि रोकिएको हकप्रद शेयर निष्कासन सुरु हुने भएको छ । छ्याङदी हाइड्रोपावरको ९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर माघ ११ गतेदेखि निष्काशन गर्ने अनुमती पाएको छ । 

पूँजी वृद्धिका लागि कम्पनीले हाल कायम १० बराबर ३ कित्ता सेयरको अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

चुक्ता पूँजीको ३० प्रतिशतका दरले जारी हुुने उक्त हकप्रद सेयरमा पुस २० गते मंगलबारसम्म सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद जारी गर्न कम्पनीले पुस २१ गते बुधबार सेयर दाखिल खारेजी ९बुकक्लोज० गरेको थियो ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रदमा मेरोशेयर सफ्टवेयर तथा वेवसाइट, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु मार्फत फागनु २ गतेसम्म आवेदन दिन पाउनेछन् । यसका अलवा ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लमजुङ्गका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया