एक दर्जन वाणिज्य बैंकले ब्याजदर घटाए

 मंसिरमा बैंकहरूको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ब्याजदर ५.९७ प्रतिशत र संस्थागततर्फ औसत ४.६४ प्रतिशत रहेको छ । कात्तिकको तुलनामा व्यक्तिगततर्फ औसत ०.२१ प्रतिशत र संस्थागततर्फ ०.२७ प्रतिशत ब्याजदर घटेको देखिन्छ । कात्तिकमा बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ औसत ६.२२ प्रतिशत थियो भने संस्थागततर्फ ४.९७ प्रतिशत थियो ।

११ बैंकले ब्याजदर घटाउँदा ८ बैंकले भने ब्याजदर स्थिर राखेका छन् । तर, मंसिरमा राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ०.२ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत पु¥याएको हो । मंसिर महिनामा सबैभन्दा बढी ब्याजदर एनआईसी एशिया बैंकको रहेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.७९ प्रतिशत ब्याजदर तोकेको छ । साथै, सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको ५.५ प्रतिशत तोकेको छ ।
 

प्रतिक्रिया