७३ प्रतिशत बोनस घोषणा गरेको जीवन विकास लघुवित्तको शेयर मूल्यमा किन लागेन सर्किट ?

काठमाडौं - जीवन विकास लघृुवित्त वित्तीय संस्था लिमिटेडले आईतबार लाभांश घोषणा गरेको छ । 

कम्पनीको आज (फागुन ७ गते शनिबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ३.६८ प्रतिशत नगद लाभांश गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

बम्पर लाभांस घोषणा गरेको कम्पनीको आईतबार ३.४९ प्रतिशतले शेयर मूल्य बढेर प्रति शेयर मूल्य ५१३३ पुगेको छ । साथै आईतबार ५८ करोड भन्दा धेरैको शेयर कारोबार भएको छ । 

यस बीचमा धेरैलाई लागेको थियो यो कम्पनीको शेयर मूल्यले आज सर्किट हान्छ । तर अवस्था त्यस्तो रहेन । किन बढ्न सकेन शेयर मूल्य ? केही कारणहरू यस्ता छन् - 

१. आईतबार समग्र नेप्से ठूलो अंकले घट्यो । नेप्सेको यो करेक्सनको मारमा यो कम्पनी पनि पर्यो । 

२. यो कम्पनीको बोनस राम्रो आउनु भित्री खबरले ४ हजार आसपास रहेको शेयर मूल्य केही समयमै ५ हजार नजिक पुगिसकेको थियो । पहिलानै शेयर मूल्य बढेको हुँदा अहिले खासै प्रभाव पर्ने नसकेको सत्य हो । 

३.यो कम्पनीको शेयर मूल्य उच्च छ । यस्तो कम्पनीको शेयर खरिदमा साना लगानीकर्ताको पहुंच निकै कमी हुन्छ त्यही कारणले पनि अपेक्षा अनुसार शेयर मूल्य बढ्न सकेन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय