प्रधानमन्त्री ओली राजीनामा दिने तयारीमा

काठमाडौं । गत पुस ५ गते संसद विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पछि अफ्टेरोमा परेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन मनस्थितिमा पुगेका छन ।

अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा गर्ने तयारीमा रहेका स्रोतको दावी छ । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीको भनाई छ । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।

अहिले ओलीलाई चौतर्फि राजीनामाको दवाब आइरहेको छ ।

प्रतिक्रिया