नागढुंगा– नेपालमा सन्तोषजनक निर्माण कति भएको आयोजनामध्ये सिस्ने खोला सुरुङमार्ग एक हो । तर स्थानीयको अवरोधका कारण पटकपटक काममा बाधा पुग्दा यो आयोजना पनि समयमै सकिनेमा शङ्का सिर्जना भएको छ।
सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य स्थानीयवासीको विरोधका कारण पछिल्लो २० दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ।
निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा स्थानीयले आन्दोलित हुँदै चैत ३ गतेदेखि काम अवरुद्ध गरेका हुन्। उनीहरूले विगतमा राखिएका मागहरू अझै सम्बोधन नभएको भन्दै पुनः अवरोध गरेका हुन्।
अवरोधका कारण हाल काठमाडौं र धादिङ दुवैतर्फको निर्माण कार्य प्रभावित भएको छ। यसअघि पनि स्थानीय बासिन्दाले विभिन्न समयमा माग राख्दै निर्माण कार्य रोकेका थिए।
सरकारले अवरुद्ध निर्माण कार्यलाई खुलाउन अहिलेसम्म कुनै पहल गरेको छैन। स्थानीयले आफ्ना मागहरु सम्बोधन नभएसम्म आयोजना निर्माण गर्न नदिने बताएका छन्।