प्रतिनिधि सभा विघटन मुद्दाको पेशी आज, फैसला कहिले ?

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे पछि यसका विरुद्ध परेको मुद्दाको तोकिएको छ । करिब दुई महिना लामो बहस भएको छ । गत पुस ६ गते सर्वोच्चमा दर्ता भएको मुद्दामा दुवै पक्षको बहस सकिएपछि मंगलबार पेशी तोकिएको हो ।

झण्डै दुई महिना लामो बहसपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले फैसला सुनाउने तयारी गरेको छ । फैसला कहिले आउँछ भन्ने सबैको चासो छ । फैसला यसै हप्ता आउने अनुमान गरिएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । अहिले ओली समूह प्रतिनिधि सभा विघटनको बचाउमा छ । बैशाख १७ र २७ गते चुनाव हुने दाबी ओली समूहको छ । पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपा भने प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया