ओली सरकारले मेलम्ची सपना पुरा गराउँदै,आज सुरुङमा पानी पठाइयो

काठमाण्डौ । उपत्यका बासीको दुई दशक देखिको मेचम्चीको पानी पिउने सपना अब भने पुरा हुने भएको छ । ओली सरकारको पालामा यो सपना पुरा हुन लागेको हो ।

मेलम्ची खाने पानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले काम पूरा गरेसँगै सोमबार पानी हालेर परीक्षण गरिएको हो । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणमा खानेपानी मन्त्री मणिचन्द्र थापा, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतका पदाधिकारीहरू आयोजनास्थल मेलम्चीमा पुगेर परीक्षण सुरु गरेका हुन् । य भन्दा अघि पानी परिक्षण गर्दा सुरुका ढोका निस्किएर दुर्घटना भएको थियो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । गत असारमा पानी परीक्षणका क्रममा दुर्घटना भएर २ जनाको मृत्यु भएकाले यो पटक परीक्षण गर्दा पूजा पाठसहित गरिएको मेलम्ची खानेपानी बिकास समितिले जनाएको छ ।

मन्त्री थापाले बाँधस्थलमा रहेको पानी पठाउने कन्ट्रोल प्यानलको स्वीच थिच्ने बेला ब्राह्मण पुरोहितले मन्त्रोच्चारण गरेका थिए भने बाहिर बौद्ध पुरोहितले पनि मन्त्रोच्चारण गरेका थिए । मन्त्री थापाले स्विच थिचेर सुरुङमा पानी पठाएपछि आगामी वैशाखदेखि काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पिउन पाउने प्रतिक्रिया दिए । त्यसक्रममा मन्त्री थापाले २ महिना सुरुङ्गमा पानी पठाएर परीक्षण सकिएपछि पिउने पानी नियमित छाडिने पनि बताएका छन् ।

प्रतिक्रिया