तीन जनाको नाम सिफारिस, को बन्ला नेप्सेको सीइओ ?


काठमाडौं– रिक्त रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लागि छनोट समितिले ३ जनाको सिफारिस गरेको छ ।


सीइओको लागि ११ जनाले आवेदन दिएका थिए । ११ जनाबाट ५ जनाको नाम सर्ट लिस्टमा राखेको थियो । ५ जनाबाट ३ जनाको नाम समितिले सिफारिस गरेको स्रोतले बताएको छ । जसमा कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी रहेका छन् ।


उनीहरुको नाम समितिले छनोट गरेपछि अर्थमन्त्रालयले मन्त्रिपरिषदको बैठकमा पेश गर्ने छ । मन्त्रिपरिषदले कुनै एक जनालाई आगामी ४ वर्षका लागि नेप्सेको जिम्मेवारी दिनेछ । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालीन सीइओ चन्द्र साउँदले राजीनामा दिएपछि सीइओ पद खाली थियो ।

प्रतिक्रिया