विप्लप समूहको संकेत – वार्ता गर्न सकरात्मक छौं

काठमाण्डौ – प्रतिबन्धमा परेको नेकपा विप्लप समूहले सरकारले वार्ताको लागि गरेको आह्वान सकरात्मक रहेको बताएको छ ।

पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका हुन् ।

उनले आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको पनि बताएका छन् ।‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल हो’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’

प्रतिक्रिया