• गृहपृष्ठ /
  • Breaking News ,
  • Uncategorized ,
  • मुख्य खबर ,
  • राजनीति ,
  • समाचार

आफ्ना नेतामाथि नेकपाले आक्रमण गरे पछि गगनको आक्रोस – ओली सरकार पतनको बाटोमा

काठमाडौ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले बैतडीमा आफ्ना नेतामाथि ओलीका कार्यकर्ताले गरेको आक्रमको कडा विरोध गरेका छन् ।

हिजो मात्र नेकपाका कार्यकर्ताले कांग्रेस आमसभामा ढुङ्गा प्रहार गर्दा नेता एन पी साउद र डिला संगौला लगाएत घाइते भएका थिए ।

सोही विषयलाई दिएर नेता थापाले आज आफ्नो सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका हुन् ।

“निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन।” थापाले लेखेका छन् ।

प्रतिक्रिया