विराटनगर पुगेर गर्जिए गगन – अदालतले संविधानको धारा पढोस् कानुनको साँघुरो किल्लाबाट न्यायको हत्या नहोस्

काठमाडौ – नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले अदालतले सडकको दबाबमा भन्दा पनि संविधानको धारा हेरेर फैसला गर्नुपर्ने बताएका छन् ।

भरोसाको केन्द्रमा रहेको अदालतले न्याय गर्छ भन्ने आशामा रहेको उनले बताए ।

थापाले नेकपाका दुई समूहले सडक तताइरहेको बेला सोही विषयलाई लक्षित गर्दै यस्तो धारणा व्यक्त गरेका हुन ।

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको शिकार भएको संविधानलाई अब सेटिङको शिकार हुन नदिने पनि बताए ।

बिहीबार विराटनगरमा भएको नेपाली कांग्रेसले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै सो कुरा बताएका हुन् । ‘व्यवस्था जोगियो भने नेपाली जनताको भविष्य जोगिन्छ, हामीले पल्टाउने संविधान र अदालतले पल्टाउने संविधान एउटै हो’ उनले भने ।

प्रतिक्रिया