दहालको प्रश्न - आज बजार किन बढेन ?
काठमाडौं - सरकारले सोमबार स्थानिय निकायको चुनाव घोषणा गर्यो । सरकारको यो कदमको राजनीतिक वृत्तमा भन्दा शेयर बजारमा ठूलो चर्चा चल्यो । धेरैले आज मंगलबारको बजार राम्रो अंकले बढ्ने विश्लेषण गरे तर बजार सबैको अनुमान विपरित दोहोरो अङ्कले घट्यो ।
यसै बिचमा एक यस्ता लगानीकर्ता थिए जसले चुनावको चर्चा हुदादेखिनै बजारमा यसको असर नपर्ने जिकिर गर्दै थिए । उनी हुन अनुभवी लगानीकर्ता नवराज दहाल । उनको यो भनाइलाई धेरैले आलोचना पनि गरे, बजार विरोधी पनि भने तर उनै दहालले भने जस्तै बजारमा देखिएपछि आज उनको आलोचना गर्नेलाई उल्टै प्रश्न गरेका छन् ।
दहाल आफ्नो अडानमा छन् र चुनावले बजार बढ्नु पर्ने कुनै कारण नभएको दोहोराएका छन् । उनले सोझा लगानीकर्ता फसाउन यस्ता हल्ला चलाएको समेत आरोप लगाएका छन् । आज बजार बढ्छ भन्नेहरु प्रति उनले कडा आलोचना समेत गरेका छन् ।
आज धेरैलाई हल्लाको भरमा फसाउने काम भएको उनको आरोप छ । आर्थिक सन्देस सँग कुरा गर्दै दहालले हल्लाको पछि लाग्नु नहुने बताउँछन् ।
चुनाब घोषणाको बहाना बनाउदै 👉️मै हौ भन्ने बिग्यले 100 अन्कले बढ्छ भने 👉️ ताइ न तुइका भुत्ते बिस्लेसकले सर्किट हान्छ भने...
Posted by Nabaraj Dahal on Tuesday, February 8, 2022