काँग्रेस एक्लैले आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउन सक्छ,संयुक्त आन्दोलनमा जान हुँदैन – शशांक कोइराला

काठमाडौँ — सरकारको असंवैधानिक कदमको कांग्रेस एक्लैले सरकारलाई घुँडा टेकाउन सक्ने कांग्रेस महामन्त्री शशांक कोइरालाल बताउनु भएको छ ।

सोमबार नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताउनु भएको हो ।

नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाइ छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने उनले बताए । महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया