बन्द फिर्ताको हल्ला व्यापक,आधिकारिक रुपमा बन्द फिर्ता भएको छैन

काठमाडौ – यसो त नेपाल बन्द देशको लागि कुनै पनि हिसाबले सही छैन तर राजनीतिक दलहरुले बेलाबेलामा नेपाल बन्द भने गर्ने गरेका छन् ।

नेकपा आज बिहीबारको लागि नेपाल बन्दको घोषणा गरेको छ । तर गृह मन्त्रालयले भने नेपाल बन्द नरहेको सबै आफ्नो पेसा व्यवसायमा जान अनुरोध गरेको छ । गृहको यही अनुरोधलाई केहीले बन्द फिर्ता भएको भनी सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

यो समाचार तयार पार्दा सम्म नेकपाले घोषणा गरेको नेपाल बन्द भने फिर्ता भएको छैन ।

बन्दको क्रममा परीक्षा दिन जाने विद्यार्थी,अत्यावस्यक सेवाका सवारी, पानी, यम्बुलेन्स जस्ता कुराहरूलाई भने छुट दिइएको छ ।

सरकारले संबैधानिक निकायमा गरेको नियुक्तिलाई राष्टपतिले आधिकारिकता प्रदान गरे पछि प्रचण्ड माधव पक्षले बुधबार आकस्मिक नेपाल बन्दको घोषणा गरेको हो ।

प्रतिक्रिया