काठमाण्डु । माघ महिनाको पहिलो दिन शेयर बजार कारोबारको लागी सुखद सावित भएको छ । लामो समयको अन्तरालपछि नेप्से परिसूचक २९ सय माथि पुगेको छ भने कारोबार रकम पनि ९ अर्ब ६७ करोड माथि पुगेको छ ।
आज नेप्से ६९ अङ्कले बढेर समग्र बजार २९२६ विन्दुमा पुगेको छ । आज दिनैभरि बढेको बजार बन्द हुने समय सम्मै यो अडिक रहेको थियो । आज २२९ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा सबै उपसूचकहरुमा हरियाली छाएको छ भने मध्य भोटेशकोशीको शेयर मूल्यमा सर्किट लागेको छ ।
योसँगै १६७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । उत्पादन क्षेत्रको उपसूचक सबै भन्दा धेरै बढ्दा लगातार २ दिन सम्म बढेको निफ्राको शेयर मूल्य भने आज सामान्य घटेको छ । अरुण भ्याली जलविद्युत कम्पनीको शेयर कारोबार सबै भन्दा धेरै मूल्यको हुँदा १ लाख भन्दा धेरै पटक शेयर खरिद विक्री भएको छ ।