मानुषीको आईपीओ बाँडफाँड


काठमाडौं–मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमवार विहान बाँडफाँट भएको छ । विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकको कार्यालयमा विहान भएको बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् । 

कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८२७ जनाको आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७८४ जना योग्य आवेदकहरुमा गोलप्रथाको माध्यमबाट पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ३६ हजार ८५९ जनाले दश कित्ताका दरले शेयर पाएका छन् । यसरी बाँडफाँट गरी बाँकी रहेको ३ कित्ता शेयर भने यी योग्य आवेदकहमध्यबाटै तीन जनाले थप एक कित्ताका दरले कुल ११ कित्ता शेयर हात पारेका छन् । 

कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ वितरण गरेको हो । कुल कित्तामध्य ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी रू. ७ करोड रहेको छ । आइपीओ पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ सम्ममा कम्पनीको बास्तविक नेटवर्थ रू. १३२ दशमलव ६९ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ६९ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।   
 

 

प्रतिक्रिया