काठमाण्डौ । लामो समयदेखि अन्योलमा रहेको शेयर बजारले अहिले भने लय समाउन सुरु गरेको छ । अघिल्लो हप्ता ५ कारोबार दिन दोहोरो अंकले बढेर शेयर बजार बन्द भएको थियो ।
अघिल्लो हप्ता पुरै उत्साह रहेको शेयर बजार आइतबार पनि सुरुमै आक्रमक बृद्धि भएको छ । आजको बृद्धिसँगै नेप्से २८ विन्दु माथि पुगेको छ । यो समाचार तयार पार्दा सम्म नेप्से २८ अंकले बढेर २८ सय १० अंकमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि २ अर्वमाथि पुगेको छ त्यस्तै आज एक कम्पनीको शेयर मूल्यमा सर्किट समेत लागेको छ । कारोबार भएका २१३ कम्पनीहरुमा अधिकास कम्पनीहरुको शेयर मूल्य बढेर कारोबार भइरहेको छ ।
अहिले शेयर बजारमा सकारात्मक प्रभाव परिरहेको साथै यो साता बजारले ३ हजार माथि पुग्ने अनुमान रहेको छ ।