काठमाण्डौ । साताको दोस्रो दिन बजार मापक सूचक नेप्से प्रिओपन सेसनमा करिव १ अंकले घटेको छ । आइतबार पनि ८० अंकल भन्दा धेरैले घटेर शेयर बजार बन्द भएको थियो ।
मौद्रिक नीतिको समिक्षाको प्रभाव आइतबार बजारमा परेको थियो । यो सेसनमा आज २३ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ३ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने आठ कम्पनीहरुको शेयर मूल्इ भने घटेको छ । त्यस्तै दश कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
करिव २७ लाख हाराहारीको कारोबार हुँदा महालक्ष्मी विकास बैंकको शेयर सबै भन्दा धेरै कारोबार भएको छ ।