हामी कायर होइनौँ, बोल्छौँ – गगन थापा

काठमाडौ – नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री गगन थापाले अदालतमा रहेको विषयमा बोल्न हुँदैन भन्नु कायरता भएको बताएका छन् । काठमाडौंको शान्तिवाटिकामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले आफुहरु कायर नबन्ने बताएका छन् ।

पञ्चायतकालमा पनि तत्कालीन नेता विपि कोइरालाले अदालतको चारकुनामा न्याय नमरोस् भनेर बोलेको भन्दै नेता थापाले आफूहरु रामशाहपथबारे नबोलेर भाग्ने कायर नभएको बताए । संसद विघटन असंकैधानि भएको उनले ठोकुवा गरे ।

थापाले अहिलको संविधानमा प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको भन्दै प्रष्ट भएको अवस्थामा पनि तलमाथि फैसला नगर्न उनले न्यायाधीशहरुलाई सुझाव पनि दिएका छन् । नत्र न्यायधीशमाथि नै प्रश्न उठ्ने उनको भनाइ छ ।

प्रतिक्रिया