साताको दोस्रो दिने नेप्से ०.८२ प्रतिशतले घट्यो,कारोबार रकम ४ अर्व नजिक

काठमाण्डौ । साताको दोस्रो दिन सोमबार बजार मापक परिसुचक करिव २२ अंकले घटेको छ । यो भनेको ०.८२ प्रतिशत हो । योसँगै समग्र बजार २६२९ विन्दुमा झरेको छ । 

नेप्सेसँगै कारोबार रकममा पनि ओरालो लागेर आज करिव ४ अर्वको हाराहारीको मात्र कारोबार भएको छ । २२८ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ५५ कम्पनीहरको शेयर मूल्य बढेको छ भने न्यादी जलविद्युत कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । त्यस्तै १२७ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ साथै ६ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । 

दिनै भरि बजारमा निकै उतारचढाव आएको थियो । कुनै समय दोहोरो अंकले हरियाली समेत भएको बजार बन्द हुने समयमा भने घटेर बन्द भएको थियो । आज महालक्ष्मी विकास बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । मौद्रिक नीति बजार मैत्री नआएको भन्दै बजार घटाउनेहरुले चलखेल गरिरहेको धेरैको बुझाइ छ । 

प्रतिक्रिया