काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो। आदेशसँगै उनले ३५ रुपैयाँ धरौटी बुझाएर सोही दिन घर फर्कन पाउने भएका छन्।