दुगड प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । मन्त्रिपरिषदको पुस २९ गतेको बैठकले दुगडलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो ।
नेकपा भित्रको आन्तरिक किचलोका कारण प्रचण्ड, माधब नेपाल पक्षका मन्त्री हटेपछि मन्त्रीपरिषद् पुर्नगठन गर्दा दुगडलाई ओलीले हटाएका थिए । ओलीले दुगडलाई फेरी मन्त्रि सरहको हैसियतमा आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् ।
दुगड अवैतनिक सल्लाहकार भएकाले सरकारबाट सेवा सुविधा भने लिने छैनन् । यस अघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा थिए । खतिवडा अमेरिकाको राजदूत भएपछि पद रिक्त थियो ।

प्रतिक्रिया