काठमाण्डौ - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका सांसद कुलप्रसाद केसी चयन हुनुभएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
केसीलाई काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ । आजै चार दलका ४२ सदस्यहरुले केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावेदारी प्रस्तुत गरेका थिए ।
यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पु(याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए।
नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ क बाट निर्वाचित भएका थिए । प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गरेसँगै आजै शपथ ग्रहण गराउने तयारी भएको छ ।