काठमाण्डौ । नेतालाई सामाजिक सञ्जालमा जथाभावी लेख्नु हुन्छ ? यदि हो भने ख्याल गर्नुहोस प्रहरीले पक्राउ गर्न सक्छ ।
नेकपा आओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जुत्ता हान्छु भन्दै सामाजिक सञ्जालमा स्टाटस लेख्ने अनलाई सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी दाङको तुलसीपुरबाट सञ्चालन हुँदै आएको राप्ती पहिचान डटकमका सञ्चालक यज्ञबहादुर बुढा मगर रहेका छन ।
उनलाई शनिवार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरले आफ्नो सामाजिक सञ्जालमा ‘सकेनन् चितवनवासीले मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर स्टाटस लेखेका थिए। त्यसबारे माओवादी केन्द्रका नेताहरूबाट गुनासो आएपछि प्रहरीले अनलाइन सञ्चालक मगरलाई पक्राउ गरेको थियो।