कांग्रेसको अधिवेशन अनिस्चित, निर्वाचन संयोजक यादवद्वारा राजिनामा


काठमाडौं–नेपाली कांग्रेसमा अधिवेशनको विषयमा विवाद देखिएको छ । नेपकाली कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले अनावश्यक दबाब दिए पछि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । आफूले पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाइसकेको यादवले बताए । भदौ १८ मा कांग्रेसले देशका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भनेको थियो ।


तर ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन सकिएको छ । बाँकी २१ जिल्लामा अहिलेसम्म अधिवेशन सुरू भएको छैन । ती जिल्लाका क्रियाशील सदस्यको नाम पनि सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई बुझाएका छैनन् । भदौ २७ गते गाउँपालिका र नगरपालिकाको अधिवेशन गर्ने विषय पनि अनिस्चित बनेको छ 


सभापति देउवाकै गृहजिल्ला डडेल्धुरामा अहिलेसम्म वडा अधिवेशन भएको छैन । क्रियाशील सदस्यतामा देखिएको विवादले गर्दा भदौ १८ बाट २२ र २५ गतेका लागि अधिवेशन सरे पनि जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले वडा अधिवेशन स्थगित गर्न माग गरिरहेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिका अनुसार काम नहुने र विवाद देखिएपछि निर्वाचन समितिका संयोजक यादवले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको छैन । 
 

प्रतिक्रिया