मुख्य मन्त्री राईको लगन गाँठोमा बाँधिन लागेकी युवती

काठमाडौ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो जीवनसाथी बन्न लागेकी युवतीको बारेमा यति बेला मिडियामा निकै चर्चा छ ।

आगामी माघ ११ गते आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्।

केही दिन पहिला राईको बिहेको मिति सचिवालयले पनि पुष्टि गरेको थियो । उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने जानकारी प्राप्त भएको छ ।

बेहुलीका परिवार भने अमेरिकामा बस्दै आएका छन् । राईको सीमित नेताहरुको उपस्थितिमा बिहे हुन लागेको हो । ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

प्रतिक्रिया