काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
लघुवित्त संस्थाको मंसिर १३ गते, सोमबार सम्पन्न सञ्चालक समितिको १७ औं बैठकले चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँको प्रतिशत २५।२८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश अनुुसार कम्पनीले ९ करोड ९७ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण हुनेछ । कम्पनीले सजिलो लघुवित्तलाई प्राप्ती गरी २०७७ असोज ६ गतेदेखि एकीकृत कारोबार सञ्चालन गरेकाले उक्त बोनसमा भने कर नलाग्ने जनाइएको छ ।
लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र लघुवित्त संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।