पर्सा–जात नमिल्नेसँग प्रेम गरेको आरोपमा एक निर्दयी आमाले आफ्नै छोरीको हत्या गरेकी छिन् । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीकी मनबोध साह तेलीले १५ वर्षीया छोरी माना कुमारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
०७७ कात्तिक २९ गते घटना भएको भए पनि तथ्य अहिले बाहिर आएइको छ । त्यतिखेर घर जलेर मृत्यु भएको बताए पनि प्रहरी अनुसन्धानमा भवितव्य नभइ तल्लो जातको केटासँग लागेको भन्दै आमा–बुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
मृतककी भाउजु २२ वर्षीया मनिषा देवीले नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक प्रहरीलाई सूचना दिए पनि नयाँ तथ्य बाहिर आएको हो ।
लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको स्वीकार गरिन् । लालमतीका श्रीमान मनाबोध फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि कारागारमा छिन् ।