काठमाण्डौ- हिन्दुहरुको प्रसिद्ध धार्किक स्थल पशुपतिनाथ मन्दिर आज आइतबार दिनभर बन्द हुने भएको छ । शनिबार धनुर्मास पर्व परेको हुँदा पुरै २४ घण्टा आराधना गरिएकाले आइतबार मन्दिर बन्द गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
आइतबार बन्द भएपनि सोमबार विहान ६ बजे मन्दिुर खुल्ने । यस अगाडी पशुपतिनाथ मन्दिर सर्वसाधारणको लागि विहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुल्दै आएको थियो ।
कोरोना महामारीका कारण करिव ९ महिना बन्द भएको मन्दिुर पुस १ गतेदेखि सर्वसाधारणको लागि खुलेको थियो ।