पछिल्लो २४ घण्टामा ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६ हजार ७०६ स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा ४०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बुधबार कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९९ पुगेको छ। आजै थप ४९५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ। यो निको हुने दर ९७.३ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ। यस्तै अहिले ३४२ जना क्वारेन्टिन र ५ हजार १ सय ३३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया